काठमाडौं, २५ फागुन। अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठले प्राप्त गरेकी छन्।
नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयद्वारा वार्षिक रुपमा प्रदान गरिने साहसी महिला पुरास्कार प्राप्त गर्न सफल भएकी हुन्।
भूमिका श्रेष्ठले नेपालमा एलजीबीटीक्युआईको समुदायको अधिकार र अवसरको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले वार्षिक रुपमा अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्दै आएको छ।
