• ट्रेण्डिङ्ग :
राज्य व्यवस्थामा सांसद थानी र सभापति खतिवडाबिच चर्काचर्की

राज्य व्यवस्थामा सांसद थानी र सभापति खतिवडाबिच चर्काचर्की


  • 3.4K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.2K Views

    राज्य व्यवस्थामा सांसद थानी र सभापति खतिवडाबिच चर्काचर्की

    काठमाडौँ, २२ पुस । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ । सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच सवालजवाफ हुँदै चर्काचर्की परेको हो ।

    images

    ‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ’, थानीले विधेयकहरू अघि नबढेकोमा चिन्ता प्रकट गर्नुभयो । थानीले यसो भनेपछि सभापति खतिवडाले उहाँलाई रोक्दै ‘तपाईंको समितिले दिएको सुझाव धेरै भएको छैन’ भनेर जवाफ दिनुभयो ।

    त्यसपछि सांसद थानी आक्रोशित बने, उहाँले भन्नुभयो, ‘समितिमा तपाईं नै बोल्नुस् । ओभरटेक गर्ने ? म बोल्दिनँ’ उहाँले आफू पनि समिति सभापतिको कुर्सीमा बसेर आएकाले कम नआँक्न स्मरण गराउनु भएको छ । ‘म पनि त्यो चियरमा बसेर आएको हो’, थानीको भनाइ थियो ।
     
    त्यसपछि सभापति खतिवडाले थानीलाई बोल्न समय दिनु भएको छ। तर हाँनी बोल्न चाहानु भएनन्।  त्यसपछि एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले दुवैलाई सम्झाउने प्रयास गर्नुभयो । 

    ‘यस्ता विषयमा अन्यथा गर्नु हुँदैन । सभापतिले पनि कुराको शृङ्खला टुट्ने गरी कुरा काट्दा उत्तेजना हुन्छ । नामै राम्रो, हृदयमा राम भएको’, श्रेष्ठले यसरी बैठकको माहौल सामान्यीकरणतर्फ फर्काउनु भएको हो । 

    राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठक समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल गर्न बोलाएको हो ।


    तेस्रो आँखा