• ट्रेण्डिङ्ग :
संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु हुँदैन : ज्ञवाली

संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु हुँदैन : ज्ञवाली


  • 4.5K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.9K Views

    संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु हुँदैन : ज्ञवाली

    काठमाडौं २३ पुस । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताउनुभएको छ ।

    images

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्नुभयो । उहाँले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गर्नुभयो । मुलुकमा यावत समस्याहरु रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताउनु भयो । संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उहाँको भनाइ छ ।

    उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरुको संगति ? भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनु भयो । संविधान आँफैमा गतिशिल दस्ताबेज भएको बताउनु भयो । संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने बताउनु भयो ।


    तेस्रो आँखा