• ट्रेण्डिङ्ग :
चिसो बढेपछि वीरगन्ज का विद्यालय तीन दिन बन्द

चिसो बढेपछि वीरगन्ज का विद्यालय तीन दिन बन्द


  • 2.3K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    चिसो बढेपछि वीरगन्ज का विद्यालय तीन दिन बन्द

    वीरगञ्ज, पुस २३ । वीरगन्ज महानगरपालिकाले चिसो बढेपछि महानगर क्षेत्रभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

    images

    वीरगन्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले मङ्गलबार सूचना जारी गर्दै चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गतेदेखि पुस २६ गतेसम्म महानगर क्षेत्रभित्रका विद्यालयहरूमा जाडो बिदा दिइएको जानकारी दिनुभएको हो । 

    विद्यार्थीलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाई विद्यालयहरूको प्रशासनिक कार्य भने नियमित रूपमा सञ्चालन गर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ । 

    यो तीन दिने जाडो बिदा वर्षे बिदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्य तालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रूपमा लिन आग्रह सबैमा गरेको छ ।

    _____________________________________________________________________________________________________________________.jpg
    undefined


    तेस्रो आँखा