• ट्रेण्डिङ्ग :
पशुपतिनाथको मूल मन्दिरमा धनुर्मास पूजा गरियो

पशुपतिनाथको मूल मन्दिरमा धनुर्मास पूजा गरियो


  • 2.8K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    पशुपतिनाथको मूल मन्दिरमा धनुर्मास पूजा गरियो

    काठमाडौं, २४ पुस । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिएको छ । धनुर्मास पूजा गर्नुअघि मंगलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

    images

    पुस महिनाभर सूर्य धनु राशिमा रहने भएकाले प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिँदै आएको छ । बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ ।

    परम्पराअनुसार राति १२ बजेदेखि बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिनु भएकाे छ । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ ।

    बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँको भनाइ  छ। टाढाटाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिने कोषले जनाएको छ ।

    उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास रहेको छ । विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ ।


    तेस्रो आँखा