• ट्रेण्डिङ्ग :
न्यून चापीय प्रणालीको प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

न्यून चापीय प्रणालीको प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना


  • 8.0K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    न्यून चापीय प्रणालीको प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं, २६ फागुन। देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। अन्य क्षेत्रमा मौसम सफा  छ।

    images

    दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    तेस्रो आँखा