• ट्रेण्डिङ्ग :
कीर्तिपुरमा सरकारी हाइलक्स गाडी दुर्घटना

कीर्तिपुरमा सरकारी हाइलक्स गाडी दुर्घटना


  • 4.4K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.7K Views

    कीर्तिपुरमा सरकारी हाइलक्स गाडी दुर्घटना

    काठमाडौं, २४ पुस । काठमाडौंको कीर्तिपुरमा सरकारी नम्बर प्लेटको हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना भएको हो ।

    images

    गाडी सडकबाट करिब १ सय मिटर तल भीरमा झरेको छ । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् । उक्त गाडी जनक खत्रीले चलाएका थिए ।

    दुर्घटनामा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा