• ट्रेण्डिङ्ग :
वैदेशिक रोजगारीमा जाने श्रमिकले अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै लाइन बस्नु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै लाइन बस्नु नपर्ने


  • 10.4K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    वैदेशिक रोजगारीमा जाने श्रमिकले अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै लाइन बस्नु नपर्ने

    काठमाडाैं,२६ फागुन । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्था गरिएको बेग्लै प्रस्थान द्वार (ढोका) सरकारले हटाएको छ । श्रम मन्त्रालयले बुधबारबाटै लागू हुने गरी श्रम डेस्कसमेत हटाएको  हो ।

    images

    यसअघि भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको प्रस्थान द्वार छुट्टाछुट्टै थियो । छुट्टै प्रस्थान द्वाराको श्रमिकमाथि दोस्रो दर्जाको व्यवहार भएको भन्दै विरोध हुँदै आएको र श्रम डेस्कका कारण श्रमिकहरूले अनावश्यक दुःख खेप्नु परेको भन्दै त्यसलाई हटाइएको मन्त्रालयले जनाएको छ ।

    ‘छुट्टाछुट्टै प्रस्थान द्वार राख्दा श्रमिकलाई दोश्रो दर्जाको व्यवहार भयो कि भन्ने गुनासो थियो ।आजदेखि श्रमिकले छुट्टै लाइनमा बस्नुपर्ने या कुनै पनि झन्झटिलो प्रक्रिया लिन नपर्ने गरी व्यवस्था गरिएको छ,’ बुधबार विमानस्थल पुगेका श्रममन्त्री किसनकुमार श्रेष्ठले भने, ‘जसरी अरु यात्रुहरू जानुहुन्छ, अब त्यसरी नै श्रमिकहरू पनि जान पाउनु हुन्छ ।’

    विमानस्थलस्थित श्रम डेस्कमा अनिवार्य जानुपर्ने भएकोले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु झण्डै दशकदेखि छुट्टै लाइनमा बस्नुपर्ने हुन्थ्यो ।  वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस) मा पेश भएको कागजातको आधारमा श्रम स्वीकृति जारी गरिने भए पनि श्रम डेस्कले कागजात नमिलेको भन्दै विमानस्थल प्रवेश पाइसकेका श्रमिकलाई रोक्दै आएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप