सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु

सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु


  • 2.8K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.3K Views

    सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु

    मोरङ २५ पुस । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । बुधबार बेलुका साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु र दुई जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

    images

    सुन्दरहरैंचा नगरपालिकाको नागदेवी खण्डमा प्र १-०२-०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १-०२-०५१ प ७६३५ नम्बरको स्कूटर दुर्घटना हुँदा स्थानीय प्रमिला श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा स्कूटर चालक ३८ वर्षीया श्रेष्ठको मृत्यु भएको हो ।

    उनलाई घटनालगत्तै विराटनगरको विराटनगर अस्पताल तथा नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो । सो घटनामा मोटरसाइकल चालक सुनसरीका नविनसिंह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, सिटी सफारी दुर्घटना हुँदा बेलबारी नगरपालिकाकी स्थानीय मायादेवी राजवंशीको मृत्यु भएको छ । नगरपालिकाको चाँदनी चोक सडकखण्डमा १०४-२०८१-८२ नम्बरको सिटीसफारी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी ५० वर्षीया राजवंशीको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यसक्रममा सिटी चालक भुपेन्द्र दाहाल भने घाइते भएको प्रहरीले जनाएको छ । दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा