प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ


  • 3.7K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.7K Views

    प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

    काठमाडौं । प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । वुधबार पक्राउ परेका व्यक्ति रौतहट परवानिपुर नगरपालिका–२ जिङगडुवा घर भएका १८ बर्षीय इर्फान सेख हुन् ।

    images

    दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कमा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले रौतहट गौरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ८७५७ नं को भाडाको टाटा सुमो चेकजाँच गर्दा ‘ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल ५०’लेखिएको ६०० पतामा (६००० पिस) ट्याब्लेट शुल फेला पारी बरामद गरी नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय फर्पिङले जनाएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ । 

     

     


    तेस्रो आँखा