युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताउनुभयाे । ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ,' ओलीले भन्नुभयाे 'यो पाँच दल (गठबन्धन)को रिफ्लेक्सन हो ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वाेच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गरेका हुन् ।
