• ट्रेण्डिङ्ग :
पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


  • 2.5K
    SHARES
    • पौष २७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.8K Views

    पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं, २८ पुस । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

     

    यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


    तेस्रो आँखा