• ट्रेण्डिङ्ग :
गोठबाटै तानेर बाघले बाख्रा खायो

गोठबाटै तानेर बाघले बाख्रा खायो


  • 4.1K
    SHARES
    • पौष २७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.4K Views

    गोठबाटै तानेर बाघले बाख्रा खायो

    हेटौँडा, पुस २७ । हेटौँडा उपमहानगरपालिका –१३ मा बाघले बाख्रा मारेर खाएको छ । आलदमारका पूर्णसिंह लोप्चनको कच्ची गोठबाट एउटा बाख्रालाई बाघले तानेर खाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार गएराति गोठमा रहेको बाख्रा बाघले तानेर आधा खाएको र आधा बाँकी भाग बाँधेको डोरीमा नै रहेको लोप्चनले जानकारी गराउनुभयो । 

    उहाँका अनुसार पर्सा राष्ट्रिय निकुञ्जको कर्मचारीसँग समन्वय गरी बाघको खोजतलास भइरहेको र अन्य मानवीय क्षति भएको छैन । सो क्षेत्रमा केही दिनदेखि पर्सा राष्ट्रिय निकुञ्जको बाघ बस्तीमा छिरेपछि स्थानीय आतङ्कित बन्दै आएका छन् ।


    तेस्रो आँखा