• ट्रेण्डिङ्ग :
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय

काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय


  • 2.1K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.2K Views

    काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय

    काठमाडौं, २८ पुस । काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको सुचना जारी गरिएको छ ।

    images

    काठमाडौं महानगरले आइतबार एक सूचना जारी गर्दै वडा नम्बर २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन भवनको नक्सा पासबारे छानबिन समिति गठन कार्य भइरहेकाले नक्सा पास निष्क्रिय रहेको सुचना जारी गरेको हो ।

    समितिबाट प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नहुँदासम्मका लागि भवनको नक्सा निष्क्रिय रहेको सुचना जारी गरिएको हो।

    काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा।लि।बीच २०७१ फागुन २२ मा काठमाडौं भ्यूटावर निर्माणका लागि सम्झौता भएको भएको थियो ।

    नक्सा पास प्रक्रियामा नियमविपरित कार्य गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरले निलम्बन गरेको थियो ।

     

     


    तेस्रो आँखा