युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताउनु भएकाे हाे ।
एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भन्नुभयाे ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’
कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताउनुभयाे ।
