• ट्रेण्डिङ्ग :
विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा

विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा


  • 2.0K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.1K Views

    विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा

    काठमाडौँ, २९ पुस । परराष्ट्र मन्त्री डा‍‍. आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताउनु भएको छ । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताउनु भएको हो । 

    images

    बैठकमा उहाँलृ भन्नुभयो– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’ उहाँले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ । भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’

    मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताउनुभयो । उहाँले जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएको समेत बताउनु भएको छ । 


    तेस्रो आँखा