• ट्रेण्डिङ्ग :
रविलाई थुना बाहिर राख्दा प्रमाण नष्ट हुन्छ : सरकारी वकिल

रविलाई थुना बाहिर राख्दा प्रमाण नष्ट हुन्छ : सरकारी वकिल


  • 3.1K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.8K Views

    रविलाई थुना बाहिर राख्दा प्रमाण नष्ट हुन्छ : सरकारी वकिल

    काठमाडौँ, २९ पुस । काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको थुनछेक बहस भइरहेको छ । इजलासमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् ।

    images

    सरकारी वकिलहरूले लामिछानेलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । सहकारीको रकम हिनामिना गरेकाले उनलाई यत्तिकै बाहिर राख्न नहुने बताएका छन् । सरकारी वकिलहरूले रविलाई थुना बाहिर राख्दा प्रमाण नष्ट गर्न सक्ने तर्क राख्नुभयो ।

    ‘प्रतिवादीमाथि विभिन्न मुद्दाहरू दर्ता भएका छन् । सहकारी ठगी, सम्पत्ति सुद्धिकरण लगायतका मुद्दा छन् । अहिले नै थुनाबाहिर राख्नु उचित हुँदैन, यसो गरे प्रमाण नष्ट हुन सक्छ’ एक सरकारी वकिलले भन्नुभयो ।

    प्रहरी अनुसन्धानका अनुसार, लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अनियमित रूपमा लिएको आरोप लागेको छ । यही रकम बिगो माग गर्दै सरकारी वकिलले अभियोग पत्र दायर गरेका थिए ।

    जाहेरवालाको तर्फबाट बहस सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिवाद गर्नेछन् । सहकारीको रकम अपचलनमा अभियोग लागेपछि रवि लामिछाने आइतबार अदालतमा उपस्थित भएका थिए । अब थुनछेक बहसले लामिछाने थुनामा जाने वा रिहा हुनेबारे निर्णय गर्नेछ ।


    तेस्रो आँखा