काठमाडौं, २६ फागुन। नेपाल प्रहरीले आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ।
प्रहरीले आज एक विज्ञप्ति जारी गरी सूचनाबारे स्पष्ट पारेकाे हाे। ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशितरप्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमार्फत प्रहरीले जनाएकाे छ।

