• ट्रेण्डिङ्ग :
स्थानिय सरकार भनेको जनताको सरकार हो: उपप्रमुख डंगोल

स्थानिय सरकार भनेको जनताको सरकार हो: उपप्रमुख डंगोल


  • 1.6K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.5K Views

    स्थानिय सरकार भनेको जनताको सरकार हो: उपप्रमुख डंगोल

    काठमाडौं, २९ पुस ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानिय सरकार भनेको जनताको सरकार भएको बताउनु भएको छ ।
    सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानिय सरकार भएको बताउनु भएको हो् ।

    images

    उहाँले भन्नुभयो, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबै सचेत हुन जरुरी छ, सरकारले सधैं ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानिय सरकार भनेको  जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो  भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं  महानगरपालिकाले फास्टफुडकै कम्पनिहरुसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’


    यसैगरी उहाँले महानगर जनताको राम्रो काम गर्न सधैं तत्पर रहेको बताउनुभयो । उहाँले राम्रो व्यवसाय गर्नेहरुलाई महानगरले प्रोत्साहन समेत गर्ने बताउनु भएको छ । 


    तेस्रो आँखा