• ट्रेण्डिङ्ग :
सुदूरमा वर्षाको सम्भावना, अन्य स्थानमा कस्तो रहला ?

सुदूरमा वर्षाको सम्भावना, अन्य स्थानमा कस्तो रहला ?


  • 4.7K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.3K Views

    सुदूरमा वर्षाको सम्भावना, अन्य स्थानमा कस्तो रहला ?

    काठमाडौं, २ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू(भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

    दिउँसो देशभर आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।

    राती भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तराईका केही भू(भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    तेस्रो आँखा