• ट्रेण्डिङ्ग :
कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता


  • 1.9K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 2.9K Views

    कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

    काठमाडौं, २ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहेका डा कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो ।

    images

    भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टङ्गोमा पुर्‍याउन सुझाव दिनु भएको हो । नेता कोइरालाको निजी सचिवालयका अनुसार उहाँले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताउनु भएको थियो ।

    तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा कोइरालालाई आग्रह गर्नुभएके थियो ।


    तेस्रो आँखा