• ट्रेण्डिङ्ग :
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु


  • 2.4K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

    बाजुरा, ३ माघ । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर घटनास्थलमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए । 

    images

    मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् । 


    तेस्रो आँखा