• ट्रेण्डिङ्ग :
विपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा मागे

विपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा मागे


  • 3.0K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.6K Views

    विपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा मागे

    काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    images

    नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विपक्षी दलहरुले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । आफुहरुको सरकारमा जाने योजना नरहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।

    सरकारको गतल कदमको निरन्तर विरोध गर्ने बताउँदै उहाँले भन्नुभयो,‘प्रतिपक्षले आफ्नो जिम्मेवारी,राष्ट्र,जनता,संविधान र लोकतन्त्रप्रति पूरा गर्नुपर्ने बोधका साथ हामी एकठाउँमा केन्द्रित भएका छौँ ।’

    सरकारले प्रतिपक्षका कुरालाई नजरअन्दाज गरेमा विशेष अधिवेशन मात्रै नभई जरुरी पर्दा सडक संघर्षमा जाने समेत अध्यक्ष प्रचण्डले बताउनुभयो । वर्तमान सरकार गठन भएको ६ महिना वितिसक्दा पनि जनअपेक्षा अनुरुप अघि बढ्न नसेकको उहाँको भनाई छ ।

    ओलीले संसद छलेर अध्यादेश मार्फत साशन गर्न खोजेको उल्लेख गर्दै ओली नेतृत्वको सरकारले गरिरहेको निरंकुश गतिविधिका कारण जनताको भरोसा गुम्दै गएको अध्यक्ष प्रचण्डले बताउनु भएको छ ।


    तेस्रो आँखा