• ट्रेण्डिङ्ग :
देशमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो  ?

देशमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो  ?


  • 1.8K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.8K Views

    देशमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो  ?

    काठमाडौं, ६ माघ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराई क्षेत्रमा हुस्सु लागेको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना छ ।

    विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।


    तेस्रो आँखा