• ट्रेण्डिङ्ग :
आज सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

आज सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै


  • 2.0K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.1K Views

    आज सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

    धनगढी, माघ ६ । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै छ । अघिल्लो बैठक बसेको चार महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यसअघि, प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो ।

    images

    त्यसपछि अनिश्चित समयका लागि स्थगित बैठक आज बोलाइएको छ । पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ ।

    यसै गरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो । 


    तेस्रो आँखा