• ट्रेण्डिङ्ग :
पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित


  • 3.3K
    SHARES
    • माघ ७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.0K Views

    पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

    पर्सा, ७ माघ । पर्साको बहुदरमाई नगरपालिका भित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् ।
     
    जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनिहरुले बिगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् । गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्नपनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथ राज यादवले बताउनु भएको हो ।  उहाँका अनुसार विद्यालयमा ताला लगाएर चाबी  प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझइएको छ ।

    images

    बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले  तलबभत्ता नपाएको बुझिएको छ । 

    प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आफूले गम्भीर रुपमा लिएको बताउनुभयो । यस विषय छलफलबाट नै टुंगोमा पुग्ने उहाँले जानकारी दिनुभयो । बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरु अध्यन गर्छन् ।


    तेस्रो आँखा