• ट्रेण्डिङ्ग :
हर्क साम्पाङको ‘रित्तो गाग्री’ प्रहरीले खोस्यो, सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

हर्क साम्पाङको ‘रित्तो गाग्री’ प्रहरीले खोस्यो, सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा


  • 3.7K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.8K Views

    हर्क साम्पाङको ‘रित्तो गाग्री’ प्रहरीले खोस्यो, सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं, ८ माघ । रित्तो गाग्री लिएर सिंहदरबार जाने प्रवेश गर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री खोसिएको छ । मेयर साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै मंगलबार बिहान खाली गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न खोजेपछि गाग्री खोसिएको हो ।

    images

    उहाँलाई भने सिंहदरबार प्रवेश दिइएको छ । मेयर साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराउन आफू रित्तो गाग्री बोकेर आफू काठमाडौं आएको बताउनुभयाे । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारले बजेट नदिएको भन्दै रित्तो गाग्री बोकेर आउनुपरेको उहाँको भनाइ छ ।

    सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर सोमबार काठमाडौँ आएउनु भएकाे थियाे । राई सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।


    तेस्रो आँखा