• ट्रेण्डिङ्ग :
नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरू सिकाउन सक्छ : प्रधानमन्त्री ओली

नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरू सिकाउन सक्छ : प्रधानमन्त्री ओली


  • 2.3K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरू सिकाउन सक्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले बहु संकटको सामना गर्नु परेको बताउनु भएको छ ।

    images

    मंगलवार सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालले विश्वव्यापी रुपमा बहु प्रकोपीय संकटको सामना गर्नु परिरहेको बताउनु भएको हो ।

    उहाँले प्रकृति माथिको दोहनले जलवायु परिवर्तनका असर बढाइरहेको र नेपालले त्यसको प्रत्यक्ष प्रभाव व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।

    समकालीन मुद्दाहरूलाई सम्बोधन गर्दै बहु–संकटको सामना गर्न साझा संकल्प जरुरी रहेको बताउनुभयो । २०१९ मा नै सगरमाथा संवादको परिकल्पना गरेपनि कोरोना लगायतका कारण सफल हुन नसकेको बताउनुभयो ।

    संवाद गर्नको लागि अन्तर्राष्ट्रिय मञ्चहरूको कमी नभएपनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशहरूले भोग्नुपरेको समस्याका बारेमा उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने बताउनु भएको छ ।

    प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरू सिकाउन सक्ने पनि बताउनुभयो । उहाँले नेपालमा राजनीतिक मुद्दाहरू धेरै हदसम्म समाधान भइसकेकाले सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित रहेको बताउनु भएके छ । नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक समानता र सामाजिक कल्याणमा आधारित रहेको बताउनुभयो ।

    जलवायु परिवर्तन, बसाइसराइ र दिगो विकासका मुद्दाहरूमा नेपालमा महत्वपूर्ण बन्दै गएको बताउनु भएको छ ।


    तेस्रो आँखा