• ट्रेण्डिङ्ग :
सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड


  • 1.8K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 2.8K Views

    सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

    चितवन, माघ ८ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पार्नुभएको छ। 

    images

    चितवनमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताउनुभयो । 

    अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।” 

    आफू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताउनुभयो । 

    माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उहाँले जानकारी दिनुभयो । 


    तेस्रो आँखा