काठमाडौं, २७ फागुन । नाबालिग बलत्कारको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
शाहको लागि मतियारको रुपमा काम गरेको आरोपमा जोशी शुक्रबार तनहुँबाट पक्राउ परेका हुन् ।
उनलाई प्रमाण नष्ट गर्ने, नाबालिगलाई हत्यासम्मको धम्की दिने र बालिगलाई फकाउने प्रबन्धमा संलग्न देखिएकाले पक्राउ गरेर तनहुँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत लिएको प्रहरीले जनाएको छ ।
शाह विरुद्ध जाहेरी परेपछि जोशीले केही युट्युब च्यानलमा नाबालिगसँग मिलेर आफूहरुले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहित केही व्यक्तिले शाहको हत्याको समेत योजना बनाएको दाबी गरेका थिए ।
जोशीलाई हाल जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको प्रहरीले जनाएको छ ।
