मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन


  • 2.2K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.4K Views

    मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

    जनकपुर, १० माघ । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ ।
    बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । 

    images
    Photo (1).png
    Photo (9)_11zon.jpg


    मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए । 
    विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

    Photo (8)_11zon.jpg


    तेस्रो आँखा
    लेखकबाट थप