• ट्रेण्डिङ्ग :
मेडिकल र निर्माण व्यवसायी सम्बन्धिकानुन चाँडै निर्माण गरिने

मेडिकल र निर्माण व्यवसायी सम्बन्धिकानुन चाँडै निर्माण गरिने


  • 2.2K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.4K Views

    मेडिकल र निर्माण व्यवसायी सम्बन्धिकानुन चाँडै निर्माण गरिने

    काठमाडौं,१० माघ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति  अब्दुल खाँनले कानून निर्माण गर्ने स्थानमा हुदाँ पनि पूर्ण कानुन बनाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण भएको बताएका छन् । 
    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा भएको नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरू सँगको छलफलमा उनले मेडिकल व्यवसायी र निर्माण व्यवसायी सम्बन्धी कानूनहरु जनता, राज्य र देशलाई समृद्धिको गतिमा लान समस्या सिर्जना गरेको देखिएको भन्दै यसमा समितिले पहल कदमी गर्ने बताए । 
    निवेदन कर्ताहरुले पेश गरेको प्रस्ताव छिटो भन्दा छिटो सम्बन्धित मन्त्रालय, मन्त्री बोलाएर कडा निर्देशन दिएर कार्यान्वयन समेत गराउने पक्षमा समिति लाग्ने पनि उनको भनाई छ । 
    उनले भने, ‘विषयवस्तु लाई हेर्दा वास्तवमा समस्या भनेको कानूनकै देखिएको छ । यो गम्भिर विषयहो ।हामी कानून बनाउने ठाँउमा छौ तर कानून निर्माण गर्ने स्थानमा हुँदा पनि कानूनअझै पूर्ण रुपमा बनाउन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । कानुनन हुँदा जनता, राज्य र देशलाई समृद्धिको गतिमा लान समस्या सिर्जना भयो । समिति मार्फत दुवै निवेदन कर्ताहरुले पेश गरेको प्रस्ताव छिटो भन्दा छिटो सम्बन्धित मन्त्रालय, मन्त्री बोलाएर यसमा कडा भन्दा कडा निर्देशन दिएर कार्यान्वयन समेत गराउने पक्षमा जान्छौं ।’
    यसको साथै, उनले मेडिकल व्यवसायी र मेडिकल व्यवसाय दुवैले सिन्डिकेटको विषयवस्तु उठाएको भन्दै दुबै संघको विषयवस्तु सान्दर्भिक र गम्भीर रहेको बताए । 
    उनले भने, ‘आज दुई वटा विषय वस्तुमा छलफल गरेका छौं । नेपाल मेडिकल व्यवसायी संघ र निर्माण व्यवसायी महासंघको निवेदन माथि छलफल भएको छ । दुइ वटा संघको विषयवस्तु सान्दर्भिक र गम्भीर छ । मेडिकल व्यवसायीहरुले दिएको निवेदनमा श्रमिकहरुको कुरा र मेडिकल व्यवसायमा भएको सिन्डिकेटहरुको विषयमा पनि कुरा आएको छ । निर्माण व्यवसायीहरुको पनि सिन्डिकेटकै विषय उठाउनु भएको छ ।’

    images


    तेस्रो आँखा
    लेखकबाट थप