विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश


  • 1.8K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.8K Views

    विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    काठमाडौं,१० माघ ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका विभिन्न चार मूलुकका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 
    राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जापानका आवासीय राजदूत माइदा तोरु, तुर्कमेनिस्तानका गैर–आवासीय राजदूत शालर गेल्डिनजारोभ, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओका गैर–आवासीय राजदूत बाउमी भान्मानी र इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूत इराज इलाहीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 
    नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

    images

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • तेस्रो आँखा
    लेखकबाट थप