सिरहामा जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण

सिरहामा जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण


  • 2.1K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.2K Views

    सिरहामा जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण

    सिरहा ११ माघ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । 
    वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि लक्षित गरि सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन् ।
    तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष  ठाकुरले जानकारी दिए । वडा अध्यक्ष ठाकुर वडा सचीव र वडा सदस्यहरुले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन् ।

    images
    Photo (4) (1).jpeg

  • सम्बन्धित विषय:

  • # फाइबर सिरक वितरण

  • तेस्रो आँखा
    लेखकबाट थप