अहिलेको सरकार असंवैधानिक, अपारदर्शी र अलाेकतान्त्रिक छ: प्रचण्ड

अहिलेको सरकार असंवैधानिक, अपारदर्शी र अलाेकतान्त्रिक छ: प्रचण्ड


  • 3.8K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.8K Views

    अहिलेको सरकार असंवैधानिक, अपारदर्शी र अलाेकतान्त्रिक छ: प्रचण्ड

    तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार असंवैधानिक, अपारदर्शी र अलाेकतान्त्रिक भएको बताउनुभएको छ ।

    images

    नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटिको आयोजनामा शुक्रवार भएको नगर अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति धारा ३ मा जान चाहेपनि महाभियोगको त्रास देखाएर संविधान मिचेर काङ्ग्रेस एमालेले यो सरकार बनाएको काँग्रेस एमालेकै केहि नेताले आफूसँग भनेकाे बताउनुभयाे ।

    देश र जनताको पक्षमा काम गर्ने संकल्पसहित आफु तेस्रो पटक प्रधानमन्त्री भई भ्रष्टाचार विरुद्धको आन्दोलन छेडेको पनि उहाँको भनाई छ । ‘भुटानी शरणार्थी, ललिता निवास जग्गा, गिरिबन्धु, ओम्नी जस्ता ठुला काण्डको उजागर मैलै गरेकै हो’ प्रचण्डले भन्नुभयो ‘मिटर ब्याज पीडितहरुलाई न्याय दिन ऐन बनाउनेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षाम जोड्ने, एनआरएनएलाई नागरिकता दिने काम पनि मेरै नेतृत्वको सरकारले गरेको हो ।’ 
    आफ्नो नेतृत्वको सरकारले जनपक्षीय काम गरेकै कारण कहिँ नभएको जात्रा भनेको जस्तै पहिलो र दोस्रो दल मिलेर सरकार बनेको उहाँको आरोप छ । केहि फरार अभियुक्तहरूको नाम देखेर अब हाम्रो पालो आउछ भन्दै डरले रातारात बिचौलियाको घरमा बसेर यो सरकार बनेको पनि उहाँले बताउनुभयो । ‘कुलमान विरुद्ध यो सरकार हात धोएर लागेको छ ।’ प्रचण्डले भन्नुभयो ‘यो सरकार भ्रष्टाचार र बिचौलियाको संरक्षणमा लागेको छ ।’
    भुकम्प र बाढी पहिरोको बेला कुन सरकारले के काम गरे भन्ने कुरा नेपाली जनताले प्रष्ट रुपमा मूल्याकंन गरेको पनि उहाँले बताउनुभयो । ‘सत्तामा हुँदा भन्दा अहिले जनतामा जोडिन पाएको भन्दै यसमा आफु खुसी नै भएको र अझै केहि गरेर मात्रै मर्नुपर्छ भन्ने जिन्दगीको उत्तरार्धमा लागेको छ’ प्रचण्डले भन्नुभयो ‘माओवादीले गल्ती कमजोरीलाई सच्याउछ, तपाईहरुले ६४ को जस्तै फेरि एकपटक माया दिनुस् सुशासन, सामाजिक न्यारी र आर्थिक क्रान्तिको युद्ध छेड्छौ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # माओवादी–केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप