दाङ, माघ १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारुको परिकार ढिक्रीको स्वाद लिनु भएको छ । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खानु भएको हाे।
दाङको घोराही–धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खानु भएको थियोे । चिसो बढेकाले प्रचण्डले आगो समेत ताप्नु भएको हाे ।
थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ । यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ ।
विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ ।
घरको कुल देवता र गाउँको भुँइह्यार देवतालाई पनि प्रसादको रुपमा ढिक्री चढाइन्छ । थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ ।
यस अघि मोरङको बिराटनगर प्रचण्डले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिनु भएको थियोे ।
