• ट्रेण्डिङ्ग :
कञ्चनपुरमा आफैंलाई गोली हान्ने प्रहरी जवानको मृत्यु

कञ्चनपुरमा आफैंलाई गोली हान्ने प्रहरी जवानको मृत्यु


  • 2.3K
    SHARES
    • माघ १२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.5K Views

    कञ्चनपुरमा आफैंलाई गोली हान्ने प्रहरी जवानको मृत्यु

    कञ्चनपुर, माघ १२ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । 

    images

    कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । माघ ९ गते बुधबार राति कोत गादरमा ९हतियार राखिने ठाउँ० ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । 

    गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । 


    तेस्रो आँखा