• ट्रेण्डिङ्ग :
बाख्रा चराउन गएका फुपूभदै क्षतविक्षत अवस्थामा मृत फेला

बाख्रा चराउन गएका फुपूभदै क्षतविक्षत अवस्थामा मृत फेला


  • 3.9K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.0K Views

    बाख्रा चराउन गएका फुपूभदै क्षतविक्षत अवस्थामा मृत फेला

    काठमाडौं, १३ माघ । अछामको ढकारी गाउँपालिका-१ छिन्ने वडार जंगलमा दुई जना किशोरी मृत अवस्थामा फेला परेकी छन् । ढकारी गाउँपालिका-८ पल्साँताकी १४ वर्षीय सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्का शनिबार जंगलमा मृत भेटिएकी हुन् ।

    images


    उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन् । उनीहरु शुक्रबार बिहान बाख्रा चराउन जंगल गएका थिए । तर, साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयहरूले खोजी सुरु गरेका थिए । खोजीको क्रममा शनिबार जंगलमा उनीहरूको शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयाे । मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा