धनुषामा लौरो प्रहार गरि महिलाको हत्या

धनुषामा लौरो प्रहार गरि महिलाको हत्या


  • 2.7K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    धनुषामा लौरो प्रहार गरि महिलाको हत्या

    धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ ।
    प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
    देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ ।
    देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ । Photo2.jpg

    images

    Photo (2).jpg

  • सम्बन्धित विषय:

  • # महिलाको हत्या

  • तेस्रो आँखा
    लेखकबाट थप