रोल्पा , माघ १३ । रोल्पामा १३ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि) लगाइने भएको छ । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लाका दश वटै स्थानीय तहमा यहि माघ २२ गतेदेखि २९ गतेसम्म यो अभियान सञ्चालन हुँदै छ ।
जिल्लाभर १ सय ६६ सामुदायिक विद्यालय र १२ संस्थागत विद्यालयमा अध्ययनरत १२ हजार ९ सय ९४ जना र विद्यालय बाहिर रहेका १ सय ३९जना किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो। कार्यालय प्रमुख सुवेदीका अनुसार जिल्लामा खोप लगाउनका लागि २ सय ६० खोप केन्द्र तोकिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको सुनछहरी गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ सय ८८ जना र विद्यालय बाहिर रहेका किशोरी १३ जना गरेर १ हजार १ जना,थबाङ गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ५ सय जना र विद्यालय बाहिर रहेका किशोरी १ जना गरेर ५ सय १ जना किशोरीलाई उक्त खोप लगाइँदै छ ।
परिवर्तन गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ सय ९६ जनालाई खोप लगाइँदै छ भने उक्त गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या शुन्य रहेको छ । गंगादेव गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १ हजार ४ सय ९८ जना र विद्यालय बाहिर रहेका २३ जना गरेर १ हजार ५ सय २१ जना, माडी गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ८ सय ७१ जना र विद्यालय बाहिर २ जना गरेर ८ सय ७३ जना, त्रिवेणी गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १ हजार ३ सय २ जना र विद्यालय बाहिर १ जना गरेर १ हजार ३ सय ३ जना किशोरी रहेका छन् ।
त्यस्तै रोल्पा नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १ हजार ९ सय ४९ जना र विद्यालय बाहिर १० जना गरेर १ हजार ९ सय ५९ जना, रुन्टीगढी गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १ हजार ५ सय १४ जना र विद्यालय बाहिर १६ जना गरेर १ हजार ५ सय ३० जना, सुनिलस्मृति गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १ हजार ८ सय ३० जना र विद्यालय बाहिरका ५५ जना गरेर १ हजार ८ सय ८५ जना, लंग्री गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १ हजार ६ सय २४ जना र विद्यालय बाहिर १८ जना गरेर १ हजार ६ सय ४२ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिन लागिएको सुवेदीले जानकारी दिनुभयो।
खोप विद्यालयमा अध्ययनरत किशोरीको हकमा कक्षा ६ देखि १० कक्षा सम्ममा अध्ययनरत र विद्यालय बाहिर रहेको किशोरीहरुको हकमा १० वर्ष देखि १४ वर्ष उमेर समूहकालाई लगाउन लागेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
भरत विश्वकर्मा
