• ट्रेण्डिङ्ग :
माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध

माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध


  • 2.3K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध

    सुर्खेत, माघ १३  । नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठक विषयसूचिमा प्रवेश गर्न नपाइ माओवादीका प्रदेश सभा सदस्यहरुले अवरुद्ध गरेका हुन् । 

    images

    माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सरकार मनपरी ढङ्गबाट अघि बढेको भन्दै यसरी प्रदेशसभा अघि नबढने बताउनुभयो । उहाँले वार्षिक १० हजारलाई रोजगार दिने परियोजना अघि नबढाइएको भन्दै बैठक अवरुद्ध गरेको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘रोजगार सिर्जना समृद्ध कर्णाली सुखारी कर्णालीबासीको मूख्य नारा र लक्ष्यअनुसार कर्णाली समृद्धि परियोजनाको कल्पना गरेका थियौं । तर त्यस्तो भएन ।’ प्रक्रिया अघि नबढेसम्म प्रदेश सभा बैठक चल्ने नदिने उहाँको भनाइ छ । 


    तेस्रो आँखा