चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा


  • 3.6K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.6K Views

    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

    काठमाडौं, १४ माघ । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ। 
     
    टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गर्नुभएको हो । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ ।

    images

    त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि बाल मनोविज्ञानमा आधारित आफ्नो तेस्रो फिल्म फिल्म ‘रोल नम्बर १’ को पनि आइतवार नै घोषणा गर्नुभएकाे छ । 

    एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने हुनु भएको हो ।

    कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्माता पौडेलले यो चलचित्र पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै उठाइदिने माध्यक बनेको बताउनुभयो । इतिहासमा नै नेपाली चलचित्रलाई यति धेरै माँया गरेको पहिलो पटक भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको थियो । 

    उहाँले भन्नुभयो,‘पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै तपाईहरुले उठाइदिनु भएको छ । सय करोडको रनवेयमा छोड्दिनुभएको छ । यो तपाईहरु कै माँयाले हो । हामीलाई आएको जानकारी भए अनुसार नेपाली इतिहासमा यत्तिको धेरै माँया दिएर यहाँसम्म पुर्याएको पहिलो रेकड नै हो ।’
    साथै उनले कोशेढुङ्गाको तयारी गरिरहेको पनि जानकारी दिनुभयो।  


    तेस्रो आँखा