• ट्रेण्डिङ्ग :
फाेहोर विसर्जन गर्न नदिने भन्दै सुरु भएको स्थानीयको अवरोध अझै कायमै

फाेहोर विसर्जन गर्न नदिने भन्दै सुरु भएको स्थानीयको अवरोध अझै कायमै


  • 10.4K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    फाेहोर विसर्जन गर्न नदिने भन्दै सुरु भएको स्थानीयको  अवरोध अझै कायमै

    काठमाडौं,२८ फागुन । उपत्यकाको फोहोर  बिसर्जन गर्दै आएको नुवाकोटको सिसडोलमामा  फाेहोर विसर्जन गर्न नदिने भन्दै सुरु गरेको स्थानीयकोअ वरोध आज पनि कायमै रहेको छ । मन्त्रिपरिषद् बैठकले सिसडोल र धादिङसँग सीमा जोडिएको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर  व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।  

    images

    तर पनि   आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहोर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ । यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौँबाट फोहोर आउन नदिएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए ।

    उनका अनुसार स्थानीयासीले राखेको माग प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका वस्ती स्थानान्तरण गर्नुपर्ने, फोहोर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहोर बिसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने रहेको छ । “सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागी उच्चस्तरीय समिति र ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन”, संयोजक ढुङ्गानाले भने, “नयाँ माग र समस्या केही होइन, यसअघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ ।”

    प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ ९यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनेको स्थानका बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्यरुपमा उठाएका छन् । उक्त माग सम्बोधनको लागी त्यसक्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहोर बिसर्जनमा अवरोध गर्न थालिएको हो ।   


    तेस्रो आँखा
    लेखकबाट थप