• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


  • 2.4K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.7K Views

    माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौं, १५ माघ । संसद् बैठक आह्वान गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

    images

    प्रमुख सचेतक हितराज पाण्डेकाअनुसार माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको छ । ‘बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ,’ उहाँले भन्नुभयो, ‘पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।’

    केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ । प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् ।


    तेस्रो आँखा