• ट्रेण्डिङ्ग :
गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट

गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट


  • 6.0K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 9.2K Views

    गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट

    काठमाडौं, १५ माघ । गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ ।

    images

    त्यस अवसरमा उहाँहरूबिच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गर्नुभएको थियो ।


    तेस्रो आँखा