• ट्रेण्डिङ्ग :
तीन पटक म्याद थप हुँदापनि पुरा भएन फोक्सिङटार पुल 

तीन पटक म्याद थप हुँदापनि पुरा भएन फोक्सिङटार पुल 


  • 11.2K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    तीन पटक म्याद थप हुँदापनि पुरा भएन फोक्सिङटार पुल 

    काठमाडौं, २८ फागुन । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटार पुल बन्न सुरु गरेको छ वर्ष हुँदा पनि अझै पुरा भएको छैन । ७५ सालमा बनिसक्नु पर्ने उक्त पुल ठेकेदारकाे ढीला सुस्तीका  कारण तीन पटक म्याद थप हुँदा पनि पुरा हुन नसकेकाे हाे ।

    images

    खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणले अझै पूर्णता नपाएकाे स्थानीयहरूले गुनासाे गरेका छन् । निर्माण कम्पनीलाइ तीनपटक म्याद थप गरिसकेपनि कामले अझै गति लिन सकेकाे छैन् ।

    गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर अन्तर्गत फोक्सिङटारमा १२० मिटर लम्बाईकाे पक्की पुल समयमै नबन्दा सर्वसाधारणाले सास्ती भाेग्नु परेकाे छ । फोक्सिङटारमा आर्क ब्रिज निर्माण सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाइघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउनेछ । पुलको तेश्रोपल्ट थप भएको म्याद आगामी चैतमा सकिँदैछ ।

    तर, बाँकी समयभित्र पुल निर्माण सम्पन्न हुने छाँट छैन । फोक्सिङटारमा निर्माणाधिन उक्त पुलकाे  २२ करोड ६७ लाख ११ हजारमा ठेक्का लागेकाे थियाे   पुल निर्माणमा ढिलासुस्ती हुँदा ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने क्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।

    फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक विरोध गर्दैआएका छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप