काठमाडौं, २८ फागुन । नेकपा माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गरिएको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटमा माओवादीका नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका हुन् ।
बोगटी पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट–३ बाट प्रत्यक्षतर्फबाट विजयी भएका थिए । उनको मृत्यु २०७१ सालमा भएको थियो ।
शालिक अनावरणका केही प्रतिनिधि तस्बीरहरु हेर्नुहोस् :







