ओली नक्कली कम्युनिष्ट हुन् : नेता खेनाल

ओली नक्कली कम्युनिष्ट हुन् : नेता खेनाल


  • 10.5K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    ओली नक्कली कम्युनिष्ट हुन् :  नेता खेनाल

    काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । 

    images

    नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनकाे भनाई छ । 

    एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको जनाए ।

    ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अव चिनेर भ्रम हटाउनुपको भनाई थियो ।  उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने आरोप लगाए । 

    कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनुपर्नेमा जोड दिए । 

  • सम्बन्धित विषय:

  • # नेकपा समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप