• ट्रेण्डिङ्ग :
माडीको पानी ल्याउन दङ्गालीहरु लाग्नुपर्‍यो- प्रदेश प्रमुख घर्ती

माडीको पानी ल्याउन दङ्गालीहरु लाग्नुपर्‍यो- प्रदेश प्रमुख घर्ती


  • 12.0K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 18.5K Views

    माडीको पानी ल्याउन दङ्गालीहरु लाग्नुपर्‍यो- प्रदेश प्रमुख घर्ती

    घोराही, १७ माघ । कुनै समय माओवादी नेताहरुले उठाउने गरेको राेल्पाकाे माडीखोलाको पानी सुरुङ मार्फत दाङ झार्ने विषय फेरि उठेको छ ।
    लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दाङमा आयाेजित एक कार्यक्रममा याे कुरा उठाउनुभएकाे छ । रोल्पाको माडीखोलालाई सुरुङ मार्फत दाङ झार्दा ३ वटा फाइदा हुने घर्तीले बताउनुभयाे । मानव कल्याण समाज सेवा घरको सहयोगार्थ घोराहीमा विहिवारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्दै प्रदेश प्रमुख घर्तीले माडीखोलाको पानीलाई दाङमा ल्याएर शुद्धीकरण गरी खोनपानीको रुपमा, सिँचाई र विद्युत उत्पादन गर्न सकिने बताउनुभएको हो । यस्तै सोही सुरुङलाई मार्गको प्रयोग गरी एक घण्टामै लिबाङ पुग्न सकिने पनि उहाँको भनाई छ ।
    1.jpgबोल्नुपर्ने कुरा धेरै भएपनि संविधानले रोकेको भन्दै प्रमुख घर्ती तर सबैभन्दा ठूलो मालिक भने जनता नै भएको उल्लेख गर्नुभयो । 'जनताको सेवा गर्ने आफूहरु नोकर भएको भन्दै लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो नोकरमै हो' उहाँले भन्नुभयो ।
    ‘लालपुर्जाको हिसाबले म पनि दङ्गाली हो’ प्रमुख घर्तीले भन्नुभयो ‘तर यस विषयमा यहाँका खास दङ्गाली हौं भन्नेहरु लाग्नुपर्याे ।’ महायज्ञमा यहाँका धनाध्यहरुले कति दिन्छन् भन्ने परीक्षाको विषय रहेको समेत घर्तीले बताउनुभयो । देउसी भैलोमा घट्याएको स्मरण गर्दै प्रदेश प्रमुख घर्तीले भन्नुभयो ‘हामीले देउसीमा भनेजस्तै धन हुनेहरुको मन कति छ हेरौंला, छानामाथि घिरौला, कति दिन्छौं हेरौंला ।’ 

    images


    तेस्रो आँखा
    लेखकबाट थप