काठमाण्डाै, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब संविधान संशोधनको बेला भइसकेको बताएका छन्। आजदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रको दस्तावेजका रुपमा संविधान गतिशील हुनुपर्ने बताए। ‘हामीले संविधान बनाएको दश वर्ष भइसकेको छ’ उनले भने ‘संविधान भनेको अपरिवर्तनीय दस्तावेज होइन। अब संविधान संशोधन गर्ने बेला भइसकेको छ।’
